लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार, ७ जना मन्त्री विना विभागीय

बुटवल । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री जोखबहादुर महाराले बिहीबार एमालेबाट चार, नागरिक उन्मुक्ति पार्टीबाट एक, नेकपा (एकीकृत समाजवादी)बाट एक र स्वतन्त्रबाट एक मन्त्री थप गरेका हुन् ।

एमालेबाट दिनेश पन्थी, अर्जुनबहादुर केसी, भूमिश्वर ढकाल र रत्नबहादुर खत्री, नागरिक उन्मुक्तिबाट धर्मबहादुर चौधरी, स्वतन्त्र सांसद खड्गबहादुर बस्नेत र एकीकृत समाजवादीका भगवती अधिकारी विना विभागीय मन्त्री बन्दै छन् ।

आज थपिएका सँगै लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् ११ सदस्यीय भएको छ । त्यसमध्ये ७ जना विना विभागीय छन् । आज थपिएका ७ जना मन्त्रीकै कार्यविभाजन गरिएको छैन । उनीहरू सबैले आजै विना विभागीय मन्त्रीको शपथ लिंदैछन् ।

यसअघि नै एमालेका चेतनाथ आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, माओवादीका दीपेन्द्रकुमार पुनलाई स्वास्थ्य मन्त्रालय र जसपाका भण्डारीलाल अहिरलाई कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ । बाँकी सबै मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री महराले सम्हालिरहेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ