लुम्बिनीका प्रदेश प्रमुख शेरचन अस्पताल भर्ना

बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनलाई ब्रेन स्टप भएपछि उपचारका लागि काठमाडौँस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ ।

वैशाख १३ गते बिहीबार साँझदेखि बिरामी परेका शेरचनको ललितपुर भैंसेपाटीस्थित मेडिसीडी उपचार भइरहेको र अहिले खतरामुक्त रहेको उनको सचिवालयले जानकारी दिएको छ ।

शेरचनको देब्रे हात नचल्ने भएको छ । उनलाई आइसियुबाट अहिले क्याबिनमा सारिएको छ । चिकित्सकको सल्लाहअनुसार अझै केही दिन अस्पतालमा राख्नुपर्ने भएको छ । ८२ वर्ष शेरचन ३२ महिना पहिले लुम्बिनी प्रदेशको प्रमुखको जिम्मेवारीमा आएका हुन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ