जैविक विविधता संरक्षणमा जोड

खजुरा । जैविक विविधताको संरक्षण तथा सामुदायिक वनको सशक्तीकरणमा जोड दिइएको छ । जिल्लास्थित डिभिजन वन कार्यालय र बास नेपालको संयुक्त आयोजनामा बाँकेको राप्तीसोनारी–६ मा आयोजित ‘जैविक चौतारी’ कार्यक्रमका सहभागीले जैविक विविधता संरक्षणमा जोड दिएका हुन् ।

उक्त कार्यक्रममा सहभागीले ऐक्यबद्धता जनाउँदै आठ बुँदे प्रतिबद्धतासहित जैविक विविधताको संरक्षण तथा सामुदायिक वन सशक्तीकरणमा जोड दिएका राप्तीसोनारी गाउँपालिकाका उपाध्यक्ष मनिषासिंह थारुले बताए ।

सामुदायिक वन उपभोक्ता समूहको संस्थागत विकासका लागि कार्य गर्ने कुरामा सरोकारवाला सहमत भई जैविक विविधताको संरक्षण र सम्र्वर्द्धन गर्ने, प्रत्येक वडालाई हरियाली बनाउन वन संरक्षण जैविक विविधताको संरक्षणका लागि योजना पेस गरी कार्यान्वयन गर्ने सहमति भएको डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत अजितकुमार कर्णले जानकारी दिए ।

पेस भएकामध्ये वनसँग सम्बन्धित योजना प्राथमिकीकरण गरी आगामी योजनामा समावेश गर्ने, सामुदायिक वनको सक्रियता अभिवृद्धि गर्ने तथा गाउँपालिकामा स्थापित वन तथा वातावरण शाखामा आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरी वन तथा वातावरणसँग सम्बन्धित कार्यक्रम सञ्चालन गर्ने, जैविक संरक्षणका विषयमा वडा कार्यालय र सामुुदायिक वन उपभोक्ता समूहबीच साझेदारीका कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता गरिएको उनले बताए ।

सामुदायिक वनको कार्ययोजना बनाउन डिभिजन वन कार्यालयबाट आवश्यक सहयोग गर्ने, नवीकरण हुन नसकेका सामुदायिक वनको नवीकरण गर्न वन कार्यालयबाट आर्थिक र प्राविधिक सहयोग गर्ने, सामुदायिक वन उभोक्ताको आर्थिक पारदर्शिता कायम गर्ने÷गराउने र आ–आफ्नो सामुदायिक वन क्षेत्रमा वृक्षरोपण गर्नेलगायत विषयमा आठ बुँदे प्रतिबद्धता घोषणा भएको गाउँपालिकाका उपाध्यक्ष थारुले जानकारी दिए ।

घोषणा कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष थारु, डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत कर्ण, राप्तीसोनारी–७ का वडाध्यक्ष राम लखन थारुलगायतले जैविक विविधताको संरणक्षमा जोड दिएका थिए ।

सो अवसरमा राप्तीसोनारी–५, ६ र ७ मा गठित १० वटा सामुदायिक वन उपभोक्ता समितिले आफूले गरेका सिर्जनशील कार्यका बारेमा जानकारी गराएका थिए । साथै आगामी दिनमा प्रभावकारी कार्ययोजना कार्यान्वयनका लागि सुझाव सङ्कलन गरी प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ