सशस्त्र प्रहरीद्धारा अवैध मदिरा नष्ट

नवलपरासी । नवलपरासीमा सशस्त्र प्रहरीले नेपालबाट भारतर्फ लैजादै गरेको मदिरा नियन्त्रणमा लिएर नष्ट गरेको छ ।

जिल्लाको प्रतापपुर गाउँपालिका वडा नम्बर ६ गुठीपरसौनीको सिमा नाकाबाट नेपालबाट भारततर्फ लैजादै गरेको अवस्थामा करिब ३० हजार मुल्य बराबरको मदिरा (२५ पेटी) सशस्त्र प्रहरीले शनिबार नियन्त्रणमा लिएको थियो ।

सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट गुठी परसौनीका सशस्त्र प्रहरी निरिक्षक भुवन खडकाको नेतृत्वमा खटिएको मोबाईल गस्ती टोलीले मदिरा नियन्त्रणमा लिई नष्ट गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल नं. २६ गण हेडक्वाटर नवलपरासीका सशस्त्र प्रहरी उपरिक्षक प्रकाश वाग्लेले जिल्ला भित्रका बोर्डर आउट पोष्ट र सुरक्षा बेसहरुबाट खटिएको गस्ती टोलीहरुलाई सीमा सुरक्षासहित विभिन्न नाकाहरुबाट हुने तस्करीहरुलाई निरुत्साहित गर्नको लागि निगरानी बढाउन निर्देशन दिएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ