इमान्दार भएर संगठन विस्तारमा लाग्नुस् : ओली

कृष्णनगर । नेकपा )एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका कार्यकर्तालाई इमान्दार भई संगठन विस्तारमा लाग्न आह्वान गरेका छन् ।

एमाले कपिलवस्तुको दशौँ जिल्ला अधिवेशनलाई चन्द्रौटामा सम्बोधन गर्दै उनले कार्यकर्ता इमान्दार भएमा नेतृत्व इमान्दार हुने र पार्टी संगठन पनि थप गतिशिल हुने बताए ।

अध्यक्ष ओलीले पार्टीभित्र गुटबन्दी नगरी मिसन ८४ पूरा गर्नु सबैको दायित्व भएको बताउँदै भने, “यसको लागि आजैका दिनदेखि नेता, कार्यकर्ता एक ढिक्का भएर अघि बढ्नुपर्छ । ”

उनले बुद्धको स्थल कपिलवस्तुको समग्र विकासमा जोड दिएको जनाउँदै यसको ज्वलन्त उदाहरण हुलाकी राजमार्ग भएको बताए । अधिवेशनले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने एमाले आयोजक कमिटीले जनाएको छ ।

अध्यक्ष ओलीले आजै कपिलवस्तुको विजयनगर गाउँपालिका निर्माण भएको १५ श्ययाको अस्पताल उद्घाटन गरे ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ