पाल्पामा मन्दिर नजिक भेटिएको शंकास्पद वस्तु सेनाद्धारा डिस्पोज

बुटवल । पाल्पामा मन्दिर नजिकै भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ ।

जिल्लाको रिब्दीकोट गाउँपालिका–७ मैदीकास्थित सोमर सामुदायिक वन क्षेत्रमा पर्ने कालिका मन्दिर नजिक स्थानीयले विष्फोटक पदार्थ जस्तो देखिने शंकास्पद वस्तु फेला पारेका थिए ।

मन्दिर क्षेत्र सफाइ गर्ने क्रममा विहीबार अपराह्न पौने पाँच बजेतिर फेला परेको शंकास्पद वस्तुलाई नेपाली सेनाको टोलीले शुक्रबार निष्कर्ष पारेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रवक्ता सुगन्ध श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार मन्दिरदेखि करिब ५० मिटर टाढा लालीगुराँसको रुखको फेंद मुनि शंकास्पद व्स्तु फेला परेको थियो । त्यसपछि स्थानीयले इलाका प्रहरी कार्यालय मुझुङमा खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वमा र मुझुङबाट प्रहरी नायव निरीक्षकको नेतृत्वमा प्रहरी टोली खटिएको थियो । त्यसपछि फेमस महेन्द्र दल गण नागपोखरी ब्यारेकबाट उपसेनानी नेतृत्वको टोलीले विष्फोटक पदार्थ निष्कर्ष पारेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ