कपिलवस्तुमा मोटरसाइल दुर्घटना हुँदा कुमारको मृत्यु

कृष्णनगर । कपिलवस्तुको कपिलवस्तु नगरपालिका–३ मा मोटरसाइल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

कपिलवस्तु–३ महिता चोक नजिकको मोडमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा रुपन्देहीको सैनामैना नगरपालिका–५ गडवाका २३ वर्षीय कुमार थारुको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।

तौलिहवातर्फ आइरहेको लु४४प १३१४ नम्बरको मोटरासाइकल अनियन्त्रित भई सडकबाट केही तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक हरिबहादुर ओलीले जानकारी दिए । उनका अनुसार मोटरसाइकल चालक गडवा गाउँकै ३८ वर्षीय निरकुमार थारु गम्भीर घाइते भएका छन् ।

घाइते थारुको कपिलवस्तु अस्पताल तौलिहवामा उपचार सम्भव नभएपछि थप उपचारका लागि मेडिकल कलेज भैरहवा पठाइएको प्रहरी नायब उपरीक्षक ओलीले जानकारी दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?