भेरी अस्पतालका रेडियोग्राफरविरुद्ध भ्रष्टाचार मुद्दा

बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँकेको भेरी अस्पतालका रेडियोग्राफर खालिद अहमद सिद्दिकीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सरकारी कागजात सच्याएर सार्वजनिक सम्पत्ति हानी गरी भ्रष्टाचार गरेको भन्दै बिहीवार उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

करारमा कार्यरत सिद्दिकीले झुट्टा बिल पेश गरेर राजश्व छली गरेकाले उनीविरुद्ध मुद्दा दायर गर्नुपरेको अख्तियारले जनाएको छ ।

सिद्दिकीले सेवाग्राहीबाट चेकजाँज तथा उपचारार्थ १२ हजार रुपैयाँ लिई अस्पतालको राजश्व खातामा जम्मा नगरेको पाइएको छ । बरु उनले व्यक्तिको सक्कली बिलमा सेवाग्राहीको नाम सच्याई थपघट गरेको अभियोगपत्रमा उल्लेख छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?