लुम्बिनी सरकारबाट एमाले बाहिरियो, समर्थन पनि फिर्ता

बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेकपा (एमाले)का पाँच जना मन्त्रीले राजीनामा दिएका छन् ।

मुख्यमन्त्री जोखबहादुर महरालाई आज बेलुका मुख्यमन्त्रीको सरकारी निवासमै भेटेर मन्त्रीहरुले सामूहिक राजीनामा दिएका हुन् । मन्त्रीहरु चेतनारायण आचार्य, भूमिश्वर ढकाल, दिनेश पन्थी, रत्न खत्री र अर्जुन केसीले राजीनामा दिएका हुन् ।

आजै एमालेले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएर यसको जानकारी प्रदेश प्रमुख र सभामुखको सचिवालयमा जानकारी गराइसकेको छ ।

एमाले संसदीय दलका नेता लिला गिरीले मुख्यमन्त्री महरालाई बुझाएको पत्रमा केन्द्रमा राजनीतिक संयन्त्र फेरिएकाले समर्थन फिर्ता लिइएको उल्लेख छ ।

लुम्बिनी सरकारबाट एमाले बाहिरियो, समर्थन पनि फिर्ता - Lumbini News

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?