रोल्पा । रोल्पा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । जिल्लाको रुन्टीगढी गाउँपालिका ६ स्यालामा रा १ ख २१३१ नम्बर मिनीट्रक गएराति साढे ११ बजे दुर्घटनामा परेको हो ।
तरकारी लिनका लागि गएको गाडी फर्कने क्रममा दुर्घटना हुँदा चालक रुन्टीगढी गाउँपालिका–६ निगालपानीका अन्दाजी ३२/३३ वर्षीय महेश थापाको मृत्यु भएको इप्रका होलेरीका इञ्चार्ज देवीप्रसाद गैरेले जानकारी दिए ।
उनले रातिको समय भएको हुँदा के कति कारणले गाडी दुर्घटना भयो भन्ने कुरा अहिलेसम्म खुल्न नआएको र त्यस विषयमा थप अनुसन्धान भइरहेको बताए ।
मृतकको शवलाई पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र होलेरी राखिएको छ । मिनीट्रक सडकदेखि ५०्/६० मिटर तल भिरमा अड्किएको र गाडी पूर्णरुपमा क्षति भएको इञ्चार्ज गैरेले बताए । दुर्घटनामा परी ८ वर्षीय बालक सुजन रावत सामान्य घाइते भएका छन् ।

