लुम्बिनीको मुख्यमन्त्री चेतनारायण आचार्य बन्ने, के भन्छन लिला गिरी ?

बुटवल । एमालेले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्यलाई अघि सारेको छ । यसअघि एमाले संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्री बन्ने पक्कापक्कीजस्तै भए पनि एमाले केन्द्रको निर्देशनमा आचार्यलाई अघि बढाइएको हो ।

एमाले प्रदेश संसदीय दलका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले आचार्य मुख्यमन्त्री बन्ने पुष्टि गरे । ‘पार्टीले आचार्यलाई मुख्यमन्त्रीमा अघि सारेको छ,’ उनले भने, ‘अब आचार्य नै मुख्यमन्त्री बन्नुहुन्छ ।’

अब बन्ने मुख्यमन्त्री आचार्यले दलको नेता लीला गिरी भए पनि मुख्यमन्त्रीमा आफूले दाबी पेश गर्न लागेको बताए । कांग्रेस नेता डिल्ली चौधरी आएपछि प्रदेश प्रमुखकहाँ जाने उनले सुनाए ।

संसदीय दलका नेता लीला गिरी पार्टी उपाध्यक्ष तथा संघीय अर्थमन्त्री विष्णु पौडेल निकट मानिन्छन् । पौडेल निकट गिरीलाई अचानक पछाडि पार्दै आचार्य मुख्यमन्त्री बन्नुका पछाडि केन्द्रको चासो र निर्देशनले काम गरेको निकटस्थ नेताहरुले बताए ।

कांग्रेस एमाले गठबन्धनकै समझदारी लागू हुने भएकाले आचार्यलाई स्वतः बहुमत मिल्ने छ । प्रदेशको मुख्यमन्त्रीमा संसदीय दलका उपनेता आचार्यलाई अघि सारेपछि दलका नेता लिला गिरीले असन्तुष्टि जनाएका छन् । उनले यो निर्णय संसदीय मूल्यमान्यता विपरीत भएको टिप्पणी गरे ।

उनले भने, “अब मैले के गर्ने भन्दा पनि पार्टीले आफ्नो प्रक्रियाअनुसार मुख्यमन्त्री छान्छ । तर यो संसदीय मूल्यमान्यताविपरीत छ । पार्टी विधि अनुसार भएको हो भन्ने मलाई लाग्दैन । म के भएँ, के भइनँ भन्दा पनि यस्तो किसिमको प्रवृत्तिले इमानदार कार्यकर्तालाई खटेर काम गर्न उत्प्रेरित गर्दैन । प्रणाली बिगार्न किन नेताहरु लाग्नुभयो होला, मैले बुझेको छैन ।”

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?