back to top

पहिरोले तम्घास रिडी सडक अवरुद्ध

गुल्मी । अविरल वर्षासँगै पहिरोले तम्घास रिडी सडक अवरुद्ध भएको छ ।

जिल्लाको छत्रकोट गाउँपालिका-३ लुम्छा र गुल्मीदरबार गाउँपालिकाको-४ बिरवासमा पहिरोले कालोपत्रे सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताए ।

बाटो सञ्चालन गर्न निर्माण व्यवसायी समान्तर कन्टस्ट्रक्सनसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ । अहिले रिडीदेखि बिरवाससम्मको २५ किलोमिटर सडक स्तरोन्नति र कालोपत्र गर्न काम भइरहेको छ ।

गुल्मी सदरमुकाम तम्घास भित्रिने मुख्य सडक हो । सडक विस्तारको क्रममा रहेकाले अन्य समयमा पनि जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?