दाङमा बसको ठक्करबाट एक जनाको मृत्यु

दाङ । दाङमा मंगलबार राति यात्रुबाहक बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

घोराही–लमही सडक खण्डअन्तर्गत घोराही उपमहानगरपालिका १७ बेलभारस्थित तुलसीपुरबाट काठमाडौं जाँदै गरेको तुलसीपुर यातायात प्रालिको ना ६ ख १४८६ नम्बरको बसले गोग्लीबाट घोराहीतर्फ जाँदै गरेको लु ४१ प ८०९२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते मोटरसाइकल चालक घोराही १७ निवासी २३ वर्षीय सौगात वलीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ ।

त्यसैगरी दुर्घटनामा मोटरसाइकलमा सवार तुलसीपुर उपमहानगरपालिका ११ निवासी ३५ वर्षीय शरद लामिछाने गम्भीर घाइते भएका छन् ।

लामिछानेको दाहिने खुट्टालगायतका ठाउँमा चोट लागेको र अहिले घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

प्रहरीले बस चालक तुलसीपुर ७ निवासी २९ वर्षीय राजेश परियारलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख किरणप्रकाश मल्लले जानकारी दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?