लुम्बिनी : नयाँ वर्षमा भ्रमणको आकर्षक गन्तव्य

भैरहवा । नयाँ वर्षको पहिलो दिन लुम्बिनीमा आन्तरिक पर्यटकको ओइरो लागेको छ । गौतमबुद्धको जन्मस्थल मायादेवी मन्दिरलगायत कोषको हाताभित्र रहेका सबै गुम्बामा दर्शनार्थीको घुइँचो लागेको हो ।

मायादेवी परिसर, केन्द्रीय नहर, गुम्बाहरूमा आन्तरिक एवं भारतीय पर्यटकको भरिभराउ थियो । आन्तरिक पर्यटक र भारतीय पर्यटक भ्रमणको केन्द्रका रूपमा लुम्बिनी रहेको छ । लुम्बिनी विकास कोषका सूचना अधिकृत राजन बस्नेतका अनुसार वर्षको पहिलो दिउँसो ३ बजेसम्म १० हजारभन्दा बढी दर्शनार्थीले मायादेवी मन्दिरको अवलोकन गरेका छन् ।

विश्व शान्तिको केन्द्रका रूपमा रहेको लुम्बिनी भगवान् गौतमबुद्धको जन्मस्थल हो । आफ्नो नयाँ वर्षको सुरुआत यहीबाट गर्ने धेरै नेपालीको चाहना हुन्छ । यसले पनि नयाँ वर्षमा लुम्बिनीमा आन्तरिक पर्यटकको सङ्ख्या ह्वात्तै बढाएको छ ।

“लुम्बिनीको परिचय नै पर्याप्त छ, नेपालीको पहिचान विश्वमा नै चिनाएको कारण यहीँबाट नयाँ वर्षको सुरुआत गर्ने सोच बनाएँ”, पश्चिम नवलपरासी बर्दघाटका कमलकिशोर रायमाझीले भने, “अहिले यहाँ मजस्ता पर्यटकको घुइँचो देखेर निकै रमाइलो लागेको छ ।”

लुम्बिनी : नयाँ वर्षमा भ्रमणको आकर्षक गन्तव्य - Lumbini News

विसं २०७० को दशकमा नेपाल भूकम्पको त्रासदीदेखि कोभिड र आर्थिक मन्दीको मार खेपेकाले नेपालमा शान्ति र खुसी छाओस् भन्दै नेपालीहरूले कामना गरेका छन् । यससँगै नेपालमा राजनीतिक स्थिरता र पर्यटन क्षेत्रको विकासका लागि पनि दर्शनार्थीले लुम्बिनीबाट कामना गरेका छन् ।

गुल्मी हर्मिचौरका तुलासिंह पाण्डेले भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा एकपटकको भ्रमणले मात्र चित्तै नबुझ्ने बताए । उनले पहिलेको तुलनामा लुम्बिनीमा धेरै विकास भएको बताउँदै पटकैपिच्छे आउँदा लुम्बिनीमा परिवर्तन आउने गरेको सुनाए । सरसफाइलगायत अन्य व्यस्थापन राम्रो रहेको उनले प्रतिक्रिया दिए ।

लुम्बिनी विकास कोषले लागू गरेको ई–टिकटका कारण भने कतिपय पर्यटकले भने सास्ती खेपेका छन् । बर्दिया बढैयाताल गाउँपालिका–७ का चुडामणि अर्यालले अर्घाखाँचीको सुपादेउराली हुँदै लुम्बिनी आएको बताए ।

उनले पछिल्लोपटक २०५६ मा लुम्बिनीमा आएका थिए । त्यसयता लुम्बिनीमा धेरै परिवर्तन भइसकेको अर्यालले बताए । “ई–टिकटको व्यवस्था रहेको जानकारी पायौँ, तर मोबाइलबाट टिकट लिन खोज्दा भएन”, उनले गुनासो गरे, “टिकटकै लागि धेरै बेर भौतारिनुपर्यो, कोषले यसमा सुधार गर्नुपर्छ ।”

लुम्बिनी विकास कोषले रुपन्देही, नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) र कपिलवस्तुका नागरिकबाहेक अन्यलाई मायादेवी मन्दिर दर्शनका लागि शुल्क तोक्दै टिकटको व्यवस्था गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?