नेपालगञ्जलाई डुबानबाट जोगाउन नाला सफाइ

खजुरा । नेपालगञ्ज उपमहानगरपालिकालाई डुबानबाट जोगाउन यस वर्ष नाला सफाइ थालिएको छ । वर्षायाममा हुने डुबानबाट नेपालगञ्जलाई जोगाउन यहाँका साना ठूला मुख्य नाला सफाइ गर्न थालिएको हो ।

विगतमा सामान्यरुपमा डुबानका बेला मात्र बजार क्षेत्रका नालाको सफाइ गर्ने गरिए पनि गत वर्षदेखि भने वर्षायामअगावै आमरुपमा सबै नाला सफाइ गर्न थालिएको छ । मुख्य नालाको अन्तिम बिन्दु (आउटलेट) बाट सफाइ थालिएको छ ।

“अन्तिम बिन्दुबाट काम सुरु गरेपछि जहाँ जहाँ अवरोध छ, त्यसमा राम्रोसँग काम गर्न सजिलो हुन्छ भन्ने उद्देश्यले आउटलेटबाट काम सुरु गरेका छौँ”, नेपालगञ्ज उपमहानगरपालिका वातावरण तथा सरसफाइ शाखाका प्रमुख वातावरण इञ्जिनीयर प्रकाश डिसीले भने ।

उनले थपे, “बजार क्षेत्रभित्रको मुख्य नाला र दोन्द्रा नाला मिसिएर बनेको दोधारा नालासहित अन्य नाला पनि सफाइ गर्छौँ”, सफाइ गर्नसक्ने ठाउँमा स्काभेटर तथा डोजर (जेसिबी) ले र गर्न नसक्ने ठाउँमा मान्छे लगाएर सफाइ गरिने डिसीले बताए ।

नगर प्रमुख प्रशान्त विष्टका अनुसार नेपालगञ्ज उपमहानगरपालिकाको मुख्य समस्याको रुपमा रहेको डुबान समस्या समाधानका लागि मुख्य नाला सफा गर्नुपर्ने आवश्यकता महसुस भएपछि गत वर्षदेखि बर्खाअगावै सफाइको काम सक्ने उद्देश्यका साथ नाला सफाइ गर्न सुरु गरिएको छ ।

नगरप्रमुख विष्टले उपमहानगरपालिकाभित्र डे«नेजको पर्याप्त नेटवर्क भए पनि सहजरुपमा पानीको निकास नहुँदा समस्या निम्तिने गरेको बताए । “विगतमा बजारको वरिपरि मात्रै सफाइ गर्ने काम भयो, गत वर्षदेखि भने हामीले अन्तिम बिन्दुबाट सफाइ गर्ने गरी काम गरेका छौँ, “अब झरीको बेला डुबानको समस्या नहुने विश्वास लिएका छौँ”, उनले भने ।

नालाको ढक्कन खोल्न सकिनेलाई ढक्कन खोलेर र खोल्न नसकिने नालामा उपकरणको प्रयोग गरेर नाला सफा गरिने वातावरण तथा सरसफाइ शाखाका सुपरभाइजर दिपेश श्रेष्ठले बताए । श्रेष्ठले मनसुन सुरु हुनुअगावै काम सक्ने गरी काम अगाडि बढेको जानकारी दिए ।

जथाभावी फालिएका प्लाष्टिकजन्य बोत्तल र विभिन्न वस्तु, सिसाका बोत्तल, माटोलगायतका कारण नालामा पानीको निकास नहुँदा स्थानीयवासीले डुबानको सास्ती खेप्दै आएका छन् । गत वर्ष पनि बर्खाअगावै नाला सफाइ गरिएपछि डुबानको समस्या देखिएको थिएन ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?