दाङमा भेटिए दादुराका बिरामी

दाङ । दाङमा दादुराका बिरामी फेला परेका छन् । जिल्लाको बङ्गलाचुली नगरपालिका पाँच जनामा दादुराको सङ्क्रमण देखिएको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा निर्देशक डा. विबेककुमार लालले जानकारी दिए ।

उनले  शङ्कास्पद बिरामीको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा दादुराको सङ्क्रमण पुष्टि भएको बताए । यहाँका आठ जना शङ्कास्पद बिरामीको नमुना परीक्षण गरिएको थियो ।

यसअघि लुम्बिनी प्रदेशका कपिलवस्तु, अर्घाखाँची, दाङ, बाँके र बर्दियामा दादुरा प्रकोप देखिएको छ । हालसम्म बाँकेको नेपालगञ्जमा दादुराबाट एक जनाको मृत्यु भएको छ ।

परिवार कल्याण महाशाखाले यसै आर्थिक वर्षभित्र दादुरा प्रकोपबाट अतिप्रभावित लुम्बिनीका दुई जिल्ला दाङ र बर्दियामा दादुरा खोप अभियान सञ्चालन गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ