बुटवल । पाल्पास्थित कालिगण्डकी नदी किनारमा एक युवकको शव फेला परेको छ ।
जिल्लाको रामपुर नगरपालिका–८ भुजातस्थित कालीगण्डकी नदी किनारमा स्याङ्जाको चापाकोट नगरपालिका–९ बैडीका ३० वर्षीय दुर्गाबहादुर थापाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए ।
थापा पाँच दिनदेखि बेपत्ता थिए । कालीगण्डकीमा माछा मार्न गएका ब्यक्तिले नदी किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
थापाको शव पोष्टमार्टमका लागि रामपुर अस्पताल पाल्पामा लगिएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

