कपिलवस्तुमा कोइली खोलाले बगाउँदा एकको मृत्यु

चन्द्रौटा । वाणगङ्गा नगरपालिका–७ मा कोइली खोलाले बगाउँदा एकको मृत्यु भएको छ ।

सुकुम्बासी टोलका स्थानीय ४० वर्षीय लौटन थारुलाई आज बिहान ७ बजे दाउरा सङ्कलन गर्ने क्रममा कोइली खोलामा आएको बाढीले बगाएको हो ।

लौटनलाई बाढीले बगाएर मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक गोपालजङग रायमाझीले बताए ।

लौटनको शव बगाएको ठाउँबाट दुई किलोमिटरको तल शव फेला परेको रायमाझीले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?