पाल्पामा सडेको अवस्थामा पुरुषको शव फेला

बुटवल । पाल्पाको तिनाउमा सडेको अवस्थामा बेवारिसे शव फेला परेको छ । पहिचान खुल्न नसकेको अवस्थामा पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

तिनाउ गाउँपालिका–२, दोभानस्थित गणेश सामुदायिक वनमा ती पुरुषको कङ्काल मात्र फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए ।

शव नजिकै फेला परेको कपडाको आधारमा पुरुष जस्तो देखिने कङ्काल फेला परेको प्रहरीको भनाइ छ । घटनास्थलमा हड्डी र खप्पर मात्र भेटिएको उनले बताए । घटनास्थलमा कालो रङ्गको टिसर्ट, कम्व्याङ् गन्जी, खरानी रङ्गको हाइनेक, कालो रङ्गको जिन्स पाइन्ट फेला परेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?