नयाँ सरकार गठनको प्रक्रिया थाल्न प्रदेश प्रमुखलाई पत्र

बुटवल । लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रक्रिया थाल्न नेकपा एमालेले प्रदेश प्रमुखको कार्यालयमा पत्र बुझाएको छ ।

एमालेले सरकारलाई दिएको समर्थन बिहीबार फिर्ता लिएको थियो । एमाले प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले मुख्यमन्त्री जोखबहादुर महरा नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गरेको, एमालेका सबै मन्त्रीले राजीनामा दिएको र अब एमालेको नेतृत्वमा सहमतिको सरकार गठन गर्ने प्रक्रिया सुरु गरिएको भन्दै प्रदेश प्रमुखको कार्यालयमा पत्र बुझाएका हुन् ।

प्रदेश प्रमुख अमिक शेरचन भने बिरामी भएर उपचारका लागि केही दिनदेखि काठमाडौंमा रहेको उनका स्वकीय सचिव वसन्त भट्टचनले जानकारी दिए । एमालेले समर्थन फिर्ता लिएपछि माओवादी नेतृत्वको लुम्बिनी सरकार अल्पमतमा परेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?