अखिल नेपाल युवक संघ अर्घाखाँचीको अध्यक्षमा रेशम

बुटवल । राष्ट्रिय जनमोर्चाको भातृ संगठन अखिल नेपाल युवक संघ अर्घाखाँचीको अध्यक्षमा रेशम वि.क. चयन भएका छन् । सन्धिखर्कमा भएको जिल्ला भेलाले वि.क.को अध्यक्षतामा २७ सदस्यीय जिल्ला समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा सुरेश आचार्य, सचिवमा पुरन नेपाली, सह–सचिवमा जागृत के.सी. र कोषाध्यक्षमा भुपाल वि.सी. चयन भएको निर्वतमान जिल्ला अध्यक्ष कुलराज खनालले जानकारी दिए ।

भेलाले रिता बन्जाडे र झविन्द्र चुँदालीलाई सचिवालयमा चयन गरेको छ भने कुलराज खनाल संयोजक रहेको ७ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ ।

कार्यक्रममा बोल्दै संघका केन्द्रिय अध्यक्ष कृष्णराज पाण्डेले नेपालमा युवालाई भाडाको खेताला बनाइएको आरोप लगाए । बेरोजगार उत्पादन गर्ने शिक्षा, विदेश पलायन बनाउने राज्यको तीति र राजनितिमा भ¥याङ्ग बनाएर युवाशक्तिको दुरुपयोग गर्ने प्रवृति रहेको उनको जिकिर छ ।

राजनीतिलाई समाजसेवा भन्दा पनि कमाई गर्ने साधन बनाउँदा देश संकटमा परेकोले यसको भण्डाफोर गर्न युवाहरु एकजुट हुनुपर्नेमा उनले जोड दिए । सत्तासंग राष्ट्रियता साट्ने राजनीतिक प्रवृतिका विरुद्ध सम्झौताहिन संघर्ष गर्नु अहिलेको आवश्यकता रहेको उनको भनाई छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?