पाल्पामा स्कार्पियो दुर्घटना हुँदा ६ जना घाईते

बुटवल । पाल्पामा स्कार्पियो दुर्घटना हुँदा छ जना घाईते भएका छन् ।

बुटवलबाट गुल्मीको दिगामतर्फ जाँदै गरेको बा १६ च ४३७३ नम्बरको स्कार्पियो पाल्पाको तानसेन नगरपालिका- १२ गाईघाट (जोर्ते नजिकै)मा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी डिएसपी विरेन्द्र थापाले जानकारी दिए ।

दुर्घटनाका घाईतेको उद्धार गरी उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रवास पठाईएको छ । उनीहरुको अवस्था सामान्य रहेको थापाले बताए । ब्रेक फेल हुँदा स्कार्पियो सडकबाट करिब ५० मिटर तल खसेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?