सानै उमेरमा गीत सङगीतमा रम्दै राजन

अर्घाखाँची । सानै उमेरमा गीत सङ्गीतमा छुट्टै पहिचान बनाउन सफल भएका छन् । लाइभ दोहोरीबाट चर्चामा आएका उनी अहिले चर्चित कलाकारमध्येमा पर्छन् ।

अर्घाखाँचीको शितगङ्गा नगरपालिका वडा नं.३, ठाडामा जन्मिएका १९ वर्षीय अधिकारीले गाएका गीतहरुमध्ये ‘कोदाली र कुटो’, ‘शिरमा रिबन’ जस्ता गीतहरुले धेरै चर्चा कमाएका छन् ।

गीतका साथै प्रत्यक्ष प्रसारित दोहोरीमा उनको पहिचान बेग्लै छ । दोहोरीमा अरु कलाकारका भन्दा उनीद्वारा प्रस्तुत शब्दहरु बेग्लै हुन्छन् ।

“गीतभित्र मनको भावना लुकेका हुन्छन् । कुनै पनि गीत सिर्जना गर्दा सर्जकले आफ्नो कथा र आफ्नो भोगाइभन्दा पनि माथि रहेर यथार्थ सामाजिक जीवनसँग मेल खाने गीतहरु बजारमा ल्याउनुपर्छ,” कलाकार अधिकारी भन्छन्, “गीत सङ्गीतले समाजमा रहेको नकारात्मक कुरालाई सकारात्मकमा बदल्नुुपर्छ । म चाहान्छु हरेक सर्जकले चर्चा कमाउनुभन्दा पनि समाजलाई सकारात्मक परिवर्तन ल्याउने तवरले गीत सिर्जना गर्नुपर्छ ।”

उनी भन्छन्, “छोटो समयमा धेरै दर्शकको माया पाउने भाग्यमानी कलाकारमध्ये म पनि एक हुजस्तो लाग्छ मलाई । सामाजिक सञ्जालका टिकटक, युटुब र फेसबुकजस्ता माध्यमबाट मलाई दर्शकले फलो गर्नाका साथै मेरा गीत पनि सुन्दै आइरहनुभएको छ । धेरैले कमेन्टमा यो भाइ एक दिन इतिहास बन्छ भन्ने कुरा लेखेको देख्छु । उहाँहरुको यस्ता प्रतिक्रियाहरुले आफूले पनि केही गर्न सक्छु भन्ने आत्मविश्वास बढेर आएको छ ।”

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?