लुम्बिनी प्रादेशिक महोत्सव मङ्सिर ६ देखि

लुम्बिनी । चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार सङ्गठन, रुपन्देही) को आयोजनामा आगामी मङ्सिर ६ देखि १८ गतेसम्म रुपन्देहीको भैरहवामा छैठौंँ लुम्बिनी प्रादेशिक महोत्सव–२०८० हुने भएको छ ।

आर्थिक मन्दिका कारण शिथिल रहेको बजारलाई चलायमान बनाउनुका साथै परनिर्भर अर्थतन्त्रलाई आत्मनिर्भर अर्थतन्त्रमा रुपान्तरण गरी राष्ट्रिय साना तथा घरेलु उद्योग र व्यापारको प्रोत्साहनस्वरुप प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो ।

महोत्सव सिद्धार्थनगर नगरपालिका–८ स्थित अञ्चलपुरमा हुनेछ । चेम्बर अफ कमर्स, रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठले तीन लाख दर्शकले अवलोकन गर्ने लक्ष्यका साथ आयोजना गर्न लागिएको महोत्सव सम्पन्न गर्न रु एक करोड २० लाख खर्च अनुमान गरिएको जानकारी दिए ।

अध्यक्ष श्रेष्ठका अनुसार महोत्सवमा तीन सय ५० प्रदर्शनी कक्ष रहनेछन् । महोत्सव आयोजना गर्न अध्यक्ष श्रेष्ठको संयोजकत्वमा ४२ सदस्यीय मूलआयोजक समिति, २५ सदस्यीय विशेष सल्लाहकार समिति र एक सय ५१ सदस्यीय सल्लाहकार समितिसहित विभिन्न उपसमिति गठन गरिएको छ ।

त्यस्तै महोत्सवको सहआयोजक सिद्धार्थनगर नगरपालिकासहित रुपन्देहीका सम्पूर्ण स्थानीय पालिका छन् । महोत्सव अवलोकन गर्ने दर्शकलाई रु ८०, विद्यार्थीलाई रु ५० र समूहमा आउने विद्यार्थीलाई रु ३० तोकिएको अध्यक्ष श्रेष्ठले जनाए ।

शनिबार र सार्वजनिक बिदाको दिनबाहेक अन्य दिनमा बिहान ११ बजेसम्म र ज्येष्ठ नागरिक तथा शारीरिक अशक्तहरुका लागि महोत्सवस्थलमा निःशुल्क प्रवेशको व्यवस्था रहेको उनले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?