जनआकांक्षा पुरा गर्न प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री गिरी

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले प्रदेश सरकार जनताको आकांक्षा पुरा गर्न प्रतिबद्ध रहेको बताएका छन् । ‘समृद्ध प्रदेश, आत्मनिर्भर लुम्बिनी’ को लक्ष्यलाई विकास र समृद्धिको बाटोबाट पुरा गर्न सार्थक योगदानका लागि संकल्पित रहेको बताए ।

नयाँ वर्ष २०८० को अवसरमा शुभकामना सन्देश दिँदै उनले भनेका छन्, “नेपाली जनताको लामो संघर्ष र बलिदानबाट नै सामन्ती राजतन्त्रको अन्त्य भई मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको हो । परिवर्तनको जगमा स्थापित मौलिक विशेषता बोकेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था सञ्चालन गरिरहेका छौं ।”

संविधान कार्यान्वयन र संघीय शासनको आधार तयार पार्ने जस्ता महत्वपूर्ण र ऐतिहासिक कार्य गर्दै सरकार अगाडि बढेको बताउँदै उनले जनताको नजिकको सरकारका रुपमा रहेको प्रदेश सरकार जनआकांक्षा पुरा गर्न प्रतिबद्ध रहेको बताए ।

“पहिलो कार्यकालमा अस्थायी मुकाम बुटवलबाट शून्यबाट कामको थालनी गरेझैं यतिबेला स्थायी राजधानी स्थल राप्ती उपत्यका देउखुरीबाट उसैगरी शून्यबाट राजधानी व्यवस्थापनको कार्यको थालनी गरेका छौं” उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

मिनी नेपालका रुपमा लुम्बिनी प्रदेशलाई व्यवस्थित गर्ने सरकारको योजनालाई सफल बनाउन नागरिकको सहयोगको अपेक्षा उनले गरेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?