विश्वशान्तिधाम निर्माण पुनः सुरु

बुटवल । बुद्धको जन्मस्थल लुम्बिनीमा विश्वशान्ति धाम पुनः निर्माण गर्न थालिएको छ । शनिबारदेखि पुनः धाम निर्माण गर्न थालिएको हो ।

सो धाम निर्माणमा सक्रिय श्याल्पा तेन्जिङ रिन्पोछे, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा, अमेरिकन दूतावासका प्रवक्ता जेहरा नाक्वीले धाम पुनः निर्माण प्रारम्भ गरे ।

गुरु रिन्पोछेले कोरोना अघि निर्माण सुरु गरेर रोकिएको काम पुनः सुरुवात गरिएको बताए । उनले भौतिक विकासमा नेपाल कमजोर भए पनि संसारको सबैभन्दा धनी हुने प्राकृतिक तथा पुरातात्विक सम्पदा भएकाले त्यसलाई उपयोग गर्नुपर्नेमा जोड दिए । करोडौँ विदेशी बुद्धधर्मप्रति आकर्षित भएकाले यसबाट नेपालले ठूलो लाभ लिनसक्नेमा गुरु रिम्पोक्षेले अपेक्षा गरे।

कोषका उपाध्यक्ष डा लामाले निर्माण हुन लागेको विश्वशान्ति धामले लुम्बिनीलाई अन्तर्राष्ट्रियकरण गर्न मद्दत गर्ने विश्वास व्यक्त गरे । यो आयोजना लुम्बिनीका लागि मात्रै नभइ संसारकै लागि शान्तिको प्रतिक बन्ने उनको भनाइ थियो ।

उपाध्यक्ष लामाले यस्ता आयोजना सम्पन्न गर्न सजिलो नभए पनि बुद्धधर्मप्रति आस्था राख्नेको सहयोगबाट यो निर्माण हुने बताए । नेपालका लागि अमेरिकी राजदूतावासकी प्रवक्ता जेहरा नाक्वीले अमेरिकी नागरिकलाई लुम्बिनीको ऐतिहासिक सम्पदा र बुद्धधर्मको महत्वबारे बुझ्न सघाउ पुर्‍याउने विश्वास व्यक्त गरे ।

विभिन्न विश्वास र धर्मका मानिसबीच करुणा र मेलमिलाप ल्याउन बुद्धका दर्शन र उपदेशको महत्व रहेको उनको भनाइ थियो । कार्यक्रममा पाटाका अध्यक्ष सुनिल शाक्य, गुरु रिन्पोचेका अनुयायी तथा अन्तर्राष्ट्रिय अभियान्ता माइकल सङ्घ र जेम्स स्टरलिङ्कलगायतले विश्व शान्तिधाम निर्माणले बुद्धधर्म र दर्शनको महत्व अझ बढ्ने उल्लेख गरेका थिए ।

तीन हजार चार सय वर्गमिटर क्षेत्रफल र ४४ मिटर उचाइको उक्त धाम तीन वर्षमा निर्माण भइसक्ने र करिव रु चार अर्ब लाग्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?