बर्दियामा चितुवाको आक्रमणबाट ८ जना घाइते

बर्दिया । बर्दियाको गुलरिया नगरपालिका–११, गोरखचौराहा र बढैयाताल गाउँपालिकामा आइतबार दिउँसो चितुवा गाउँमा पसेर आक्रमण गर्दा आठजना घाइते भएका छन् ।

बढैयाताल गाउँपालिका–९ का मोहनलाल थारु खेतमा तोरी काटिरहेको अवस्थामा चितुवाले आक्रमण गरी घाइते बनाएपछि स्थानीय बासिन्दाले लखेटेका थिए । त्यस्तै चितुवाले गुलरिया ११ फरमान हजामलाई उनको घरमा पसेर आक्रमण गरेको छ ।

चितुवालाई नियन्त्रणमा लिन राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक, बर्दिया निकुञ्जका कर्मचारी र प्रहरी पुगेका थिए । चितुवाले प्रहरी सहायक हवल्दार गमनसिंह सुनार र कर्मचारीसहित आठ जनालाई घाइते बनाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डीएसपी तुलसीराम अर्यालले जानकारी दिए ।

घाइतेहरुको बर्दिया अस्पताल गुलरियामा उपचार भइरहेको छ । प्रहरीका अनुसार चितुवालाई भने नियन्त्रणमा लिन सकिएको छैन । त्यहाँ अहिले प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?