नवलपरासीको विभिन्न ठाउँबाट करिब ५५ क्विन्टलअवैध प्याज बरामद

परासी । भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि यसको अवैध आयात बढेको छ । भारतीय सीमा नाकाबाट अवैध रुपमा धमाधम प्याज भित्रिन थालेपछि प्रहरीले निगरानी बढाएको हो । शुक्रबार मात्र पश्चिम नवलपरासीको प्रतापपुर र पाल्हिनन्दनबाट प्रहरीले ठूलो मात्रामा प्याज बरामद गरेको छ ।

प्रहरीका अनुसार जिल्लाको प्रतापपुर गाउँपालिका- ५ धर्मौलीबाट ४६ क्विन्टल र पाल्हिनन्दन गाउँपालिका -५ भगतपुराबाट सिमा नाकाबाट ओसारपसार गरेर भण्डारण गरिएको १८ बोरा करिब ९ क्विन्टल प्याज बरामद भएको हो ।

भारतीय नम्बर प्लेटको अनटेस्ट ट्याक्टरमा नेपाल तर्फ भन्सार छली गरेर ल्याउँदै गर्दा प्रहरीले प्याज बरामद गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डिएसपी रेशम बोहोराले बताए ।

प्याज र ट्याक्टर नियन्त्रणमा लिएपनि चालक फरार भएको प्रहरीले जनाएको छ । बरामद गरेको प्याजको बजार मुल्य ४ लाख र ट्याक्टरको ८ लाख गरेर १२ लाख रुपैंया बराबरको सामान भन्सार कार्यालय महेशपुरमा बुझाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?