पाँचौ सडक खाना महोत्सवको तयारी पूरा

बुटवल । बुटवलको बसपार्कदेखि तीनकुनेसम्म पाँचौ सडक खाना महोत्सव हुनेभएको छ । बुटवलको पर्यटन प्रवर्धन र सुस्ताएको बजारलाई थप चलायमान बनाउने उद्देश्यका साथ होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले पाँचौ संस्करणको सडक खाना महोत्सव गर्न लागेको हो ।

पुस १४ देखि सुरु हुने महोत्सव १६ गतेसम्म चल्ने छ । तीन दिने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको संघका अध्यक्ष लेखनाथ भण्डारीले बताए । बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले महोत्सवले पर्यटन क्षेत्रको प्रवर्धनमा योगदान गर्ने विश्वास व्यक्त गरे ।

‘होटल व्यवसायीहरु दिन प्रतिदिन पलायन हुनेक्रम बढ्दो छ’ भण्डारीले भने, ‘सरकारले होटल व्यवसायीलाई अपेक्षाअनुसार सहयोग गरेको छैन, व्यवसायीहरु अहिले धराशायी बनेका छन्, राज्यले संरक्षण गर्नुपर्छ ।’

खाना महोत्सवमा डेढ लाख दर्शकले अवलोकन गर्ने र दुई करोड रुपियाँ आर्थिक कारोवार हुने लक्ष्य राखिएको संघका महासचिव अर्जुन थापाले बताए । महोत्सव बेलुका ६ बजेदेखि राति १२ बजेसम्म महोत्सव चल्ने छ ।

मगर, गुरुङ, नेवारी, थकालीलगायत जातीका खानाका परिकारसहित एक सयवटा विभिन्न प्रकृतिका स्टलहरु रहनेछन् । विभिन्न जातजातिका सांस्कृतिक पहिचान झल्कने झाँकीहरु प्रदर्शन र बुटवलमा रात्रीकालीन बजारको सम्भावना र चुनौतीका बारेमा समेत महोत्सवमा छलफल हुने आयोजकको भनाइ छ ।

२०७५ देखि संघले बुटवलमा सडक खाना महोत्सव सञ्चालन गर्दै आइरहेको छ । लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका विभिन्न खानाका परिकार र सँस्कृतिहरु प्रदर्शनका लागि आमन्त्रण गरिएको संघले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?