धार्मिक सद्भावको सन्देशका लागि महायज्ञको उद्घाटन

लुम्बिनी । रुपन्देहीको तिलोत्तमामा धार्मिक सद्भावको सन्देश दिन भन्दै श्रीमद भागवत ज्ञान महायज्ञ तथा श्रृङ्गारिक महाआरती कार्यक्रमको उद्घाटन गरिएको छ ।

बौद्ध दर्शनका गुरु एवं लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामाबाट उद्घाटन गरिएको सो महायज्ञमा पण्डित दीनबन्धु पोखरेल प्रमुख कथावाचक रहेका छन् ।

कोटहीमाई मन्दिर प्राङगण तिलोत्तमा वडा नं १७ पकडीहवामा आयोजित महायज्ञको उद्घाटन गर्दै डा लामाले नेपाल धार्मिक सद्भाव र एकतामा लागि विश्वमै उदाहरणीय रहेको बताए ।

उनले तीन करोड नेपाली जनता एकाापसमा मिलेर अगाडि बढेको जनाउँदै सबै धर्म र सम्प्रदायबीच बलियो एकता रहेको बताए । उनले हिन्दू धर्माम्वलम्बी लुम्बिनी र स्वयम्भू सहज रुपमा जाने गरेको बताए ।

उपाध्यक्ष डा लामाले नेपाल सबै धर्म, जातजाती र सम्प्रदाय मिलेर बसेको मुलुक भएकाले यस्तो खालको सद्भावलाई भत्कन दिन नहुने बताए ।

कथावाचक दीनबन्धु पोखरेलले नेपाल सामाजिक रुपमा एकताबद्ध र धार्मिक रुपमा मिलेर बसेको समाज रहेको बताए । यही पुस २४ गतेसम्म सञ्चालन हुने महायज्ञको प्रमुख कथावाचन पं पोखरेल र उपवाचकमा प्रेम सुजन शास्त्री रहेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?