दाङ । दाङमा डुबेर एक पुरुषको मृत्यु भएको छ ।
जिल्लाको राजपुर गाउँपालिका–६ गंगदीस्थित राप्ती नदीमा माछा मार्ने क्रममा डुबेर स्थानीय ४० वर्षीय सुखदेव चौधरीको मृत्यु भएको हो ।
डुबेर अशक्त भएका उनको लमही अस्पताल दाङमा उपचारको क्रममा शुक्रवार मृत्यु भएको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको जानकारी दिएको छ ।

