पाल्पामा सुन्तला बोकेको जिप दुर्घटना

पाल्पा । पाल्पाको तानसेन नगरपालिका –१ गोर्खेकोटमा सुन्तला बोकेको जिप गाडी दुर्घटना भएको छ ।

आज बिहान गल्मीको तम्घासबाट बुटवलतर्फ सुन्तला बोकेर जाँदै गरेको बागमती प्रदेश ०३ –००१ च ०३०३ नम्वरको पिकअप गाडी गोर्खेकोट नजिकै दुर्घटना भएको पाल्पाका प्रहरी प्रमुख हेरम्ब शर्माले जानकारी दिए।

जिपमा चालक र सह चालक मात्र सवार थिए। उनीहरुको अवस्था सामान्य रहेको छ। गाडी सडकबाट ५० मिटर तल खसेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?