बर्दिया । बारबर्दिया नगरपालिका–९ ढकेलाकी एक महिलालाई विहीबार बेलुकी चितुवाले आक्रमण गर्दा घाइते भएकी छिन् ।
सोही पालिका–१० स्थित कुलनाथ सामुदायिक वननजिकै रहेको बैदी गाउँतर्फ आउँदै गर्दा चितुवाले आक्रमण गरेको प्रहरीले जनाएको छ ।
चितुवाको आक्रमणमा बारबर्दिया–९ कि २८ वर्षीया शर्मिला चौधरी घाईते भएकी जिल्ला प्रहरी कार्यालय,बर्दियाका प्रहरी उपरीक्षक सुधीरराज शाहीले बताए । स्थानीय मेडिकल हलमा घाइते चौधरीको उपचार भइरहेको छ ।

