तुल्सीपुर । दाङमा घरको छतबाट खसेर एक किशोरी गम्भीर घाइते भएकी छन् ।
जिल्लाको तुलसीपुर उपमहानगरपालिका–५ रानिजरुवाकी १७ बर्षीय कमला केसी शुक्रबार साँझ आफ्नै घरको छतबाट खस्दा गम्भीर घाईते भएकी हुन् ।
उनको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरी जानकारी दिएको छ । उनी छतबाट हाम फालेकी हुन् वा अन्जानमा खसेकी हुन् भन्नेबारे खुल्न सकेको छैन् ।

