गुल्मीमा नियमविपरीत सञ्चालित आयुर्वेद पसलमा सिल

गुल्मी । गुल्मीको सदरमुकाम तम्घासमा नियम विपरीत सञ्चालन गरिएको सम्पन्न आयुर्वेद पसलमा सिल गरिएको छ। सोमबार जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत नारायण घर्तीको नेतृत्वमा गएको टोलीले पसलमा सिल गरेको हो। उक्त आयुर्वेद केही वर्षदेखि सञ्चालनमा छ ।

आयुर्वेदले नियम विपरीत प्रयोगशाला सेवा सञ्चालन र औषधि बिक्री गरिरहेको नागरिकबाट गुनासो आएपछि अनुगमन गरेर पसल सिल गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।

अधिकृत घर्तीका अनुसार सम्पन्न आयुर्वेद पसलले प्रयोगशालाको सम्बन्धित निकायमा दर्ता नगरेको, एलोपेथी र होमोपेथी औषधि दुवै बिक्री गरेको, औषधिको खुला बिक्री तथा बिरामीको चेकजाँच गरेको पाइएको थियो ।

पसलले ८ कोठामा औषधि, प्रयोगशाला र बिरामी कुरुवा कक्ष सञ्चालन गरेको छ। रेसुंगा नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष निरञ्जन काउछाको रोहबरमा जिल्ला आयुर्वेद स्वास्थ्य कार्यालयका प्रतिनिधि र प्रहरी समेतले आयुर्वेद पसलमा सिल गरेका थिए ।

सिल गरेलगत्तै उक्त आयुर्वेद पसलबारे प्रहरी प्रशासनले थप अनुसन्धान गरिरहेको छ । सफल होमियो फार्मेसी र सम्पन्न आयुर्वेद औषधालय एकै ठाउँमा सञ्चालन भइरहेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?