नेपालगञ्ज । बाँकेमा प्रहरीले ब्राउनसुगरसहित एक भारतीय युवकलाई पक्राउ गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिका–१४ उदयपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ११ ग्रामसहित भारत बहराईचका २६ वर्षीय अजिज शेषलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
लागूऔषध नियन्त्रण ब्यूरो नेपालगन्ज र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले युपी ३२ एफवाइ ०३९७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक शेषलाई लागुऔषधसहित पक्राउ गरेको हो ।

