नेपालगञ्ज उपमहानगरपालिकाले थाल्यो सहकारी सुधार्ने अभियान

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले सहकारी सुधार अभियान थालेको छ । अभियानअन्तर्गत सहकारी शाखाले चालू आर्थिक वर्षमा पनि सहकारीहरुको अनुगमन गर्न सुरु गरेको शाखा प्रमुख प्रविण रानाले बताए ।

सहकारी शाखाले अनुगमन गर्नुअघि यसै आर्थिक वर्षमा वित्तीय सुशासन कायम गराउन सात दिने लेखा तालिम प्रदान गर्नुका साथै स्कुले विद्यार्थीलाई सहकारी पनि पढाएको छ ।

अनुगमनका क्रममा मंगलबार न्युरोड बौद्ध गुम्बा नजिकैको कृष्णसार कृषि सहकारी संस्थामा कैफियतै कैफियत भेटिएको छ । धेरै कैफियत भेटिएपछि कृष्णसारलाई ’सफाईको मौका’ दिइएको छ । शाखा प्रमुख रानाका अनुसार कैफियत पुष्ट्याइका लागि १५ दिनको मौका दिइएको हो ।

नेपालगन्ज उपमहानगरपालिकाको सहकारी ऐन २०७४ को दफा ८१ को उपदफा २ ९ख० र ९ग० को कैफियतमा रु.३,००,००० सम्मको जरिवाना किन नगर्ने भन्ने कुराको पुष्ट्याइासहित १५ दिनभित्र सफाई पेश गर्न निर्देशन दिइएको छ ।

सफाई दिन नसके कार्वाही गरिनेछ । निरीक्षणका क्रममा देखिएका कैफियतहरु सुधार गर्न २५ दिन समय दिइएको रानाले बताए ।

सहकारी शाखा प्रमुख राना, जिल्ला सहकारी संघका प्रवन्ध संचालक नवराज उपाध्याय र नेपालगन्ज उपमहानगरपालिकाका प्रेस सल्लाहकार नवीन गिरी सम्मिलित तीन सदस्यीय अनुगमन टोलीले अनुगमनका क्रममा थुप्रै कैफियत भेटाएको हो ।

दुई वर्षदेखि चारखाता अपडेट नभएको, सहायक खाता नभएको, कर्जा फाइल व्यवस्थित नभएको, कर्मचारी नियुक्त नभएको, विनियम संशोधन नभएको, दैनिक भौचर नउठाएको, लेखा समितिको माइन्युट नभेटिएको, लेखा परीक्षकलाई नियुक्तिपत्र नदिएको, साधारणसभामा ५१ प्रतिशत उपस्थिति नपुगेको, सम्पत्ति शुद्धिकरण कार्यविधि नभएको, के.वाइ.एम. फाराम नभरेको लगायतका कैफियत भेटिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?