रुघाखोकी लागेमा यी हुन् औषधी

रुघाखोकीले मानिसको मनमस्तिष्कलाई समेत बेचैन बनाउँछ । रुघा लागेको बेलामा मानिसको मन पनि एकाग्र हँदैन । मानिसको स्मरणशक्तिले पनि ठीकसँग कार्य गर्दैन । रुघा लागेको बेलामा मानिसको स्थिति मनस्थिति कस्तो हुन्छ, सबैले अनुभव गर्दै आएको कुरा हो । रुघाखोकी लागेमा यि घरेलु औधषी प्रयोग गर्न सकिन्छ ।

मरिच : अहिले रुखाखोकीको मौसम चलिरहेको छ । यसले रुघाखोकी, टन्सिल, पिनास, दम, टाउको दुखेकोलगायत समस्या समाधानमा सहयोग गर्छ । खाना खाइसकेपछि दुईवटा मरिच खाँदा खाना राम्ररी पच्छ ।

बेसार : यसलाई कोभिडकालमा पनि धेरैले प्रतिरोधात्मक औषधिका रूपमा प्रयोग गरे । यसलाई पनि रुघाखोकी, टन्सिल भएका वेला पानीमा उमालेर पिउन सकिन्छ ।

ज्वानो : ज्वानोपानी रुघाखोकी र ज्वरोमा निकै राम्रो हुन्छ । जिउ, हात दुख्ने, जोर्नी दुख्नेलगायत बाथरोगमा ज्वानोले सहयोग गर्छ । यसले शरीरलाई तातो बनाउँछ ।

लसुन : घाँटी बसेर स्वर बिग्रिएको वा बोल्न नसक्ने अवस्थामा स्वर खुलाउन यसले राम्रो काम गर्छ ।

सुठो : सुकेको अदुवाको धुलोलाई हामी सुठो भन्छौँ । यसले रोग प्रतिरोधात्मक क्षमता बढाउने, खाना पचाउन सहयोग गर्ने गर्छ । पानीमा सुठो उमालेर पिउँदा दम, रुखाखोकी, श्वास–प्रश्वास, ज्वरो, बान्ता, पेट दुख्ने, बाथ, ढाड दुख्नेलगायत समस्या समाधानमा मद्दत मिल्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ