बुटवलमा मोटरसाइकल दुर्घटना हुँदा ढकालको मृत्यु

बुटवल । वुटवलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् ।

रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ कालिकानगरमा गएराति लु ४९ प ४४४ नम्बर मोटरसाइकल दुर्घटना हुँदा जिल्लाको तिलोत्तमा नगरपालिका–१ शंकरनगरका २६ वर्षीय गोविन्द ढकालको मृत्यु भएको हो ।

अनियन्त्रित भई सडक छेउको विद्युतको पोलमा मोटरसाइकल ठोक्किँदा गम्भिर घाइते भएका ढकाललाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियो । दुर्घटनामा घाइते अर्का युवकको चौराह अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ