बुटवलमा एक लाख पुरस्कारको लोक नृत्य प्रतियोगिता

तिलोत्तमा । बुटवलमा एक लाख रुपैयाँ पुरस्कार राशीको लोक नृत्य प्रतियोगिता हुने भएको छ । बुटवल उपमहानगरपालिकाको ६५ औं स्थापना दिवसको अवसरमा फागुन १ र २ गते अन्तर विद्यालयस्तरीय लोक नृत्य प्रतियोगिता गर्न लागेको हो ।

समाजको सांस्कृतिक सम्पत्तिकोरुपमा रहेका लोक संस्कृतिलाई जगेर्ना गर्न र अहिलेका पिंढीलाई लोक संस्कृतिको जानकारी दिन लोकनृत्य प्रतियोगिता गर्न लागिएको उपमहानगरपालिका–१३ का अध्यक्ष नारायण पुनले बताए ।

उनका अनुसार प्रतियोगितामा एउटा विद्यालयबाट एक समुहले मात्र भाग लिन पाउनेछन् । उपमहानगर भित्रका ४४ विद्यालयले सहभागिता जनाउँदैछन् ।

प्रतियोगितामा विजेताले १ लाख रुपैयाँ नगद पुरस्कार पाउने वडाध्यक्ष पुनले जानकारी दिए । त्यस्तै, द्वितीय हुनेले ६० हजार र तृतीय हुनेले २५ हजार रुपैयाँ पाउनेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ