रुपन्देहीमा करेन्ट लागेर एक जनाको मृत्यु

बुटवल । रुपन्देहीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको मर्चवारी गाउँपालिका–५ का २१ वर्षीय रमनकुमार पाण्डेको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए ।

उनका अनुसार बिहीबार साँझ साढे ६ बजे केबल टेलिभिजनको तार मर्मत गर्ने क्रममा पाण्डेलाई करेन्ट लागेको थियो । डिजी नेटवर्कका कर्मचारी पाण्डे आफ्नै वडामा रहेको विद्युतीय पोलमा नेटको तार मर्मत गर्दै थिए ।

सोही क्रममा करेन्ट लागी घाइते भएका पाण्डेलाई उपचारका लागि भैरहवास्थित सिद्धार्थनगर सिटी अस्पतालमा लगिएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ