रुपन्देहीमा मोटरसाइकलको ठक्करबाट पासीको मृत्यु

बुटवल । रूपन्देहीमा मोटरसाइकलको ठक्करबाट एक जनाको ज्यान गएको छ ।

जिल्लाको गैडहवा गाउँपालिका–२ बिचौवापुर सडकमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री स्थानीय ४२ वर्षीय बिजेन्द्र पासीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

सोमबार साँझ लु ८७ प ४२८५ नम्बरको मोटरसाइलको ठक्करबाट गम्भीर घाइते उनको भीम अस्पताल भैरहवामा मंगलबार बिहान मृत्यु भएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ