तिलोत्तमाले पठायो भुकम्प प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी र औषधी, १० लाख सहयोग गर्ने 

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भुकम्पले प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीसहितको औषधी र सहायता सामाग्री पठाएको छ।

आज बसेको नगरपालिकाको आकस्मिक बैठकले घाइतेहरुको स्वास्थ्योपचार, उद्धार, तथा राहतका लागि जुट्न आग्रह गर्दै नगरपालिकाबाट समेत आवश्यक सामाग्री र टोली पठाउने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले जानकारी दिए ।

जनस्वास्थ्य निरिक्षक रामेश्वर ढकालसहितको ५ जना स्वास्थ्यकर्मीको टिम, एम्बुलेन्स, औषधी, पाल, उद्धार सामाग्रीसहित जाजरकोट र रुकुम पश्चिम जिल्लालाई ५/५ लाखका दरले राहत सामाग्रीका लागि रकम उपलब्ध गराउने निर्णय भएको उनले बताए ।

उद्धार टोली नगरप्रमुख रामकृष्ण खाणले प्रयोग गर्ने गाडीमा जाजरकोटतर्फ प्रस्थान गरिसकेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ