सैनामैनामा मंसिर ६ गतेदेखि महोत्सव हुने

बुटवल । रुपन्देहीको सैनामैनामा मंसिर ६ गतेदेखि ‘छैठौं राष्ट्रिय सैनामैना कृषि, पर्यटन औद्योगिक तथा प्रविधि, व्यापार महोत्सव’ हुने भएको छ ।

जिल्लाको सैनामैना नगरपालिका–३ मुर्गियाको निर्माणाधिन सैनामैना पार्क तथा दुर्गा मन्दिर परिसरमा लाग्ने महोत्सवको तयारी पुरा भएको सैनामैना उद्योग वाणिज्य संघका अध्यक्ष प्रेम बहादुर खडकाले जानकारी दिए ।

सैनमैना क्षेत्रका उद्योगी तथा व्यवसायीहरुले आफ्नो उद्योग, व्यवसायको प्रर्वद्धन तथा विस्तार, व्यवसायहरुबीच भाइचारा कायम राख्दै उपभोग्य वस्तुहरुमा उपभोक्ताहरुको पहुँच बढाउँदै नगरको कृषि, पर्यटन, उद्योग, व्यापार, धार्मिक, सांस्कृतिक एवम पुरातात्विक क्षेत्रको प्रचारप्रसार र यहाँका भेषभुषा र लोक संस्कृतिको जर्गेना गर्ने उद्देश्यसहित महोत्सवको आयोजना गरिएको उनले बताए ।

महोत्सवमा नगरका पर्यटकीय महत्वका वस्तु र स्थानहरुको फोटो प्रर्दशन, झाँकी, कृषि सामग्री प्रदर्शनी, बाल उद्यान, स्थानीय कलाकारले बनाएका मूर्तिलगायतका अन्य हस्तकलाका सामग्री प्रर्दशनमा राखिने खडकाले बताए ।

यस्तै महोत्सवमा सैनामैनाका आदिवासीहरुको रहनसहन र भेषभुषा प्रर्दशनी, नगरभित्रका धार्मिक, पुरातात्विक एवम पर्यटकीय स्थल झल्काउने लघु उद्यान, समसामयिक विषयमा व्यवसायिक गोष्ठी तथा सेमिनार, क्रेता र विक्रेताबीच अन्तरक्रिया, विभिन्न जातिका परिकारहरु र सुचना प्रविधि तथा शिक्षा, संस्कृतिको प्रवद्धन समेत गरिने आयोजकले जनाएको छ ।

छैठौँ सैनामैना डान्सिङ्ग आइडल, मम्मी डान्स प्रतियोगिता, नगरस्तरीय विद्याय लोक नृत्य प्रतियोगिता, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांस्कृतिक प्रस्तुती, कन्सर्ट तथा डिजे, आइटम डान्स, जिल्लास्तरीय लोक दोहोरी प्रतियोगिता, भजन तथा र्‍याप प्रतियागितासमेत सञ्चालन हुने अध्यक्ष खड्काले जानकारी दिए ।

यस्तै ऐतिहासिक पुरातात्तिव सैनामैना क्षेत्र, स्वयं उत्पतिमान् शिव ज्योतिलिङ्ग पर्रोहा परमेश्वर बोलबम धाम, मलमला मन्दिर, भैरवस्थान, मलमला चौरा बाबा, महेरावादेवी, बोलबम पर्यटकीय पार्कसहित विभिन्न मठमन्दिर, रानी कुवा, जलैया सिमसार क्षेत्रको प्रचारप्रसार समेत महोत्सवमा गरिनेछ ।

खड्काले स्थानीय उत्पादनको प्रवद्धन गर्न महोत्सवमा स्थानीय उत्पादनका स्टललाई प्राथमिकता दिइएको बताए । महोत्सवको करिब ३ लाख ५० हजार दर्शकले अवलोकन गर्ने र करिब पाँच करोडको कारोबार हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ