back to top

३७ करोड रुपैयाँको सम्पत्ति घरपालुवा जनावरलाई

एजेन्सी । चीनमा एक जना वृद्धाले २ करोड युआन (३७ करोड नेपाली रुपैयाँ) बराबरको आफ्नो सम्पत्ति घरपालुवा जनावरलाई दिएकी छिन् । आफूलाई गाह्रो साह्रो पर्दा छोराछोरी कहिले साथमा नभएको अनि वृद्धाको तर्क छ ।

केही वर्ष अघि वृद्धाले आफ्नो इच्छापत्र (विल) बनाउँदा सम्पत्ति तीन सन्तानलाई बाँडिदिएकी थिइन् । तर अहिले भने वृद्धाले ईच्छापत्रमा हेरफेर गरेकी छिन् ।

आफ्ना सन्तानले आफूलाई बेवास्ता गरेको उनको भनाई छ । आफू बिरामी हुँदा छोराछोरी भेट्न नआएको, हेरचाह नगरेको अनि के कस्तो छ भने सोधखोज समेत नगरेको उनी बताउँछिन् ।

मृत्युपछि आफ्नो सारा सम्पत्ति आफूले घरमा पालेको कुकुर र बिरालाका हेरचाह र स्याहार सुसारका लागि दिने निर्णय महिलाले गरेकी छिन् ।

दुःखको कुरा चिनियाँ कानुनले सम्पत्ति सिधै घरपालुवा जनावरको नाममा गर्न बन्देज लगाएको छ । एक जना वकिलसँग परामर्श गरेर महिलाले आफ्नो सम्पत्तिको रेखदेखकर्ताका रूपमा एक जना भेटनरी डाक्टरलाई नियुक्त गरेकी छिन् ।

यो खबर चिनियाँ सामाजिक सञ्जालमा भाइरल बनेको छ । धेरैजसो निटिजन्सहरुले महिलाप्रति सहानुभूति व्यक्त गरेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?