पाल्पामा टिपरले ठक्कर दिँदा एक जनाको मृत्यु

पाल्पा । तिनाउ गाउँपालिका–२, दोभान सिसखोलामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको शनिबार अपरान्ह मृत्यु भएको छ ।

सिद्धार्थ राजमार्गको दोभानदेखि तिनाउ गाउँपालिका–१, कचलको सर्वोत्तम चुनढुंगा खानीतर्फ जाँदै गरको लु २ ख ८७४ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको लु १७ प १५२४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक ४६ वर्षीय देव बहादुर बलालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरी, स्थानीय र वडाध्यक्ष लगायतको रोहबरमा दुर्घटनाको मुचुल्का गरिएको पूर्ववडाध्यक्ष राजेश श्रेष्ठले जानकारी दिए । मोटरसाइकल न्युट्रल अवस्था ओरालोमा पल्टिएको र विपरीत दिशाबाट गएको टिपरले टाउकोमा किचेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ