रुपन्देहीको रोहिणी गाउँपालिकामा ‘एएनपीआर’ प्रणाली जडान

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिकाको कार्यालयले मुख्य बजार क्षेत्र धकधईमा ‘अटोमेटिक नम्बर प्लेट रिकग्नाइजेसन’(एएनपीआर) प्रणाली जडान गरेको छ ।

भैरहवा–परासी सडकखण्डअन्तर्गत धकधई हुँदै गुड्ने सवारीसाधनहरूको प्रविधिको माध्यमले निगरानी र शान्ति सुरक्षा कायम राख्ने उद्देश्यले एएनपीआर प्रणाली जडान गरिएको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले बताए ।

जडान गरिएको प्रणालीले क्यामेराको माध्यमबाट सवारीसाधनको नम्बर प्लेट पहिचान गर्नुका साथै आवतजावत हुने सवारीसाधनको फोटो र भिडियो तथ्यांकका रुपमा सर्भरमा सेभ गर्ने गर्दछ ।

इलाका प्रहरी कार्यालय, धकधईसँगको सहकार्यमा क्यामेरा जडान गरिएको अध्यक्ष यादवले बताए । ‘रोहिणी गाउँपालिका औद्योगिक क्षेत्र पनि हो। सम्भावित घटनालाई मध्यनजर गर्दै दुर्घटना न्यूनीकरण गर्न र शान्ति सुरक्षाको दृष्टिकोणले पनि यो प्रणाली महत्वपूर्ण छ,’ उनले भने, त्यसैले हामीले यो प्रणाली जडान गरेका हौँ ।’

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ