कृषि मेलामा माटो र बाली परीक्षण गरिने

लुम्बिनी । बुटवलमा आयोजना गरिएको राष्ट्रिय प्राङ्गारिक कृषि मेला–२०८० मा माटो र बाली निःशुल्क परीक्षणका लागि शिविरको व्यवस्था गरिने भएको छ । किसानले मेलाबाट बढीभन्दा बढी लाभ उठाउन सकुन् भन्ने उद्देश्यले परीक्षण शिविर राख्न लागिएको हो ।

बालीनालीमा रोगब्याधीको समस्या पहिचान गर्न र त्यसको उपचारको प्रबन्ध मिलाउन सहज होस् भनेर बाली परीक्षण शिविर राख्न लागिएको सङ्घका अध्यक्ष तथा मेला कार्यसम्पादन समितिका संयोजक हरिप्रसाद अर्यालले जानकारी दिए ।

बुटवल उद्योग वाणिज्य सङ्घको आयोजनामा यही फागुन १० गतेदेखि पाँच दिनसम्म चल्ने उक्त मेलामा फागुन ११ र १२ गते बाली परीक्षण शिविर राखिने भएको छ । त्यस्तै फागुन ११, १२ र १३ गते माटो परीक्षण शिविर सञ्चालन गरिने संयोजक अर्यालले बताए ।

कृषि विकास निर्देशनालयकी अधिकृत आशा भण्डारीका अनुसार बाली संरक्षण प्रयोगशाला खजुरा, बाँके र राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रम भैरहवाको व्यवस्थापनमा बाली परीक्षण शिविर सञ्चालन गर्न लागिएको हो । माटो तथा मल प्रयोगशाला खजुरा, बाँकेको घुम्ती माटो परीक्षण प्रयोगशाला टोलीले किसानले ल्याएको माटो परीक्षण गर्नेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ