समुन्द्र खड्का नेपाली श्रमिक संघ कतारको अध्यक्षमा निर्वाचित

रूपन्देही । नेपाली श्रमिक संघ कतारको छैठौं अधिवेशनबाट प्यूठानका समुन्द्र खड्काको अध्यक्षतामा नयाँ नेतृत्व निर्वाचित भएको छ ।

नवनिर्वाचित कमिटीको उपाध्यक्षद्वय गुमानसिंह बिक, नवराज शाही, महिला उपाध्यक्षमा मञ्जु गुरुङ, महासचिवमा लोकबहादुर थापा, सचिव लोकबहादुर जोगी, संगठन सचिव गिरीप्रसाद दर्लामी र आर्थिक सचिव सलबहादुर श्रेष्ठ रहेका छन् ।

त्यस्तै सदस्यहरूमा चन्द्रबहादुर कुँवर, रामजी खड्का, रमेशकुमार श्रेष्ठ, राधिका परियार, तारादेवी राई, लक्ष्मी परियार, सुगम भट्टराई, गणेशप्रसाद दुलाल, विमल भारती, पोमबहादुर थापा, टंकबहादुर बिक, मोतीलाल बुढामगर रहेका छन् ।

नवनिर्वाचित कमिटीलाई निर्वाचन कमिटीका अध्यक्ष गोविन्द सुवेदीले पद तथा गोपनीयताको शपथ गराउँदै प्रमाणपत्र प्रदान गरेका थिए ।

शेषराज तिमिल्सिनाको अध्यक्षतामा भएको अधिवेशन उद्घाटन गर्दै ट्रेड युनियन महासंघका अध्यक्ष विनोद श्रेष्ठले श्रमजीवीहरू अधिकारका लागि एकजुट हुनुपर्ने बताएका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ