दाङमा बसले ठक्करबाट एक पुरुषको मृत्यु

दाङ । दाङमा बसले ठक्कर दिदाँ एक पुरुषको मृत्यु भएको छ । शुक्रबार दिउँसो जन्ती लिन जान लागेको बसले शान्तिनगर गाउँपालिका–५ काशीपुरमा ठक्कर दिदाँ करिब ४५ बर्षीय पुरुषको मृत्यु भएको हो ।

उनको परिचय नखुलेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्ले जानकारी दिए ।

प्रहरीका अनुसार चरकमटीयाबाट काशीपुरतर्फ जन्ती लिन जान लागेका ना ४ ख ६९४९ नम्बरको बसले पुरुषलाई ठक्कर दिदाँ गम्भीर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ